काठमाडौं । नेविसंघका कार्यकर्ताले केश मुण्डन गरेर प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै उनीहरुले काठमाडौंको ज्ञानेश्वरबाट विरोध र्याली गरेका हुन् । विरोध प्रदर्शन गर्ने क्रममा उनीहरु कमलपोखरीमा प्रहरी उनीहरु पक्राउ परेका छन् ।
प्रदर्शनकारीले प्रतिनिधिसभा विघटनविरुद्ध तथा नेकपा सरकारविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।