विराटनगर । प्रदेश १ प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रदेश १ मा कांग्रेस महत्वपूर्ण भूमिकामा रहेकाबेला सो बैठक निष्कर्ष टुंगिएको हो ।
बुधबारदेखि सुरु हुने प्रदेशसभा हिउँदे अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव समूहले पेश गरेको अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।
मुख्यमन्त्री राईलाई पदमा रहिरहन र प्रचण्ड–माधव समूहलाई अविश्वासको प्रस्ताव पास गर्न कांग्रेसको समर्थन चाहिने भए पनि सोबारे कांग्रेस बैठक बिनानिष्कर्ष टुंगिएको हो । मंगलबार बसेको संसदीय दलको बैठकमा प्रदेश सरकारको भूमिकाबारे छलफल भए पनि कुनै निर्णय भएन । भोलि बुधबार बिहान फेरि बैठक बस्ने बताइएको छ ।