जेठ ०७, २०८१, सोमबार
               

अब राजतन्त्र पुनःस्थापनाको विकल्प छैन : प्रकाशचन्द्र लोहनी

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले  प्रधानमन्त्री केपी ओलीका कारण प्रजातन्त्र धरापमा परेको बताएका छन् । उनले अब राजतन्त्र पुनःस्थापनाको विकल्प नभएको समेत बताए ।

जनताले स्थिर सरकारको निमित्त झन्डै दुई तिहाइ मत नेकपालाइ दिए पनि नेकपाले त्यसको सदुपयोग गर्न नसकेको र आपसी घर झगडाको कारण जनप्रतिनिधि मुलक संस्था प्रतिनिधिसभा विघटन गरिएको डा. लोहनीले बताए । 

मोरङमा आयोजित राप्रपाको कार्यक्रममा उनले संविधानले प्रधानमन्त्री ओलीलाई संसद् विघटन गर्ने अधिकार कतै नदिएको पनि बताए । 

संसद विघटन कार्यको वैधानिकताको विषयमा अदालतले गर्ने फैसला ऐतिहासिक हुने बताउँदै उनले कानुनी राजप्रति सवैको विश्वास रहेको धारणा राखे । 

लोहनीले राजनैनिक तथा कुटनैतिक सवै रुपमा सरकार असफल भैसकेको टिप्पणी गर्दै सरकारकै कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि समेत धमिलिएको बताए । 

ओलीको सर्वसत्तावादी चिन्तनको कारण प्रजातन्त्र धरपमा परेको र आफूहरु प्रजातन्त्रको संरक्षणका निमित्त राजसंस्था स्थापनार्थ आन्दोलनरत रहेको पनि उनको भनाइ थियो । 

फरक प्रसंगमा उनले राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको मुल सिद्धान्त रहेकाले यसको रक्षा रसंरक्षण गर्नु आफूहरुको कर्तव्य रहेको बताए । 

कार्यक्रममा पार्टीका अन्य नेताहरु श्याम तिमिल्सिना, जनकराज पाठक, सगुन लावती पाठक, राजु लोहनी, नरेश राईलगायतले सम्वोधन गरेका थिए । 

यो पनि