काठमाडौं । हुम्लामा नेकपाका दुई धारबीच झडप भएको छ । संसद् विघटनपश्चात् नेकपा दुई धारमा विभाजन भएको छ । सोको परिणामस्वरुप सो जिल्लाको अदानचुली गाउँपालिमा वडा कमिटी पुर्गठन विषयमा दुई समूहबीच कुटाकुट भएको हो ।
समानन्तर बैठक र एकाअर्काविरूद्ध कारबाही गर्दै अघि बढ्ने क्रममा सो झडप भएको बताइएको छ । अदानचुलीको १ मा कमिटी पुनर्गठन गरेर फर्कने क्रममा ओली पक्षका वडाध्यक्ष रंग थापामाथि अर्को पक्षले आक्रमण गरेको बताइएको छ । दाहाल–नेपाल समूहका कार्यकर्ताले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए ।
थापाको टाउको र मुखमा चोट लागेको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।