जेठ ०७, २०८१, सोमबार
               

ओली वामपन्थीको खोल ओडेर सामन्तवादतर्फ अग्रसर भए : डा. भट्टराई

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संवैधानिक संकट बचाउका लागि नेपाली कांग्रेसले  आन्दोलनको अगुवाइ गर्नुपर्ने बताएका छन् । 

संसद् विघटनपश्चात् राजनीतिक परिस्थिति फरक रुपले विकसित भइरहका बेला सोमबार भट्टराईले सो कुरा बताएका हुन् । गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानलाई संबोधन गर्दै उनले भने, ‘आन्दोलनमा जाने कि निर्वाचनमा भनेर कांग्रेस अलमलमा छ ।’ देशको नेतृत्व गर्न निर्वाचन नै कुर्न नपर्ने बताउँदै संसद पुनःस्थापना भए कांग्रेसले नै नेतृत्वको अवसर पाउनसक्ने उनको भनाइ छ । 

भट्टराईले भने, ‘प्रतिनिधिसभा विघटन संविधानको व्यवस्थाभन्दा बाहिरबाट गरिएको छ, यो संविधानमाथिको प्रहार हो, संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिने समय आयो ।’

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताउँदै भट्टराईले अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना नभए  वा बाहिरी हस्तक्षेप बढ्दै गए चुप लागेर नबस्ने बताए ।‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं । बाहिरी हस्तक्षेप भएमा रामनाम जपेर बस्दैनौं,’ उनले भने ।

वामपन्थीको खोल ओडेर सामन्तवादतर्फ उन्मूख भएको बताउँदै उनले  ओली नवफाँसीवादको अभ्यास गर्दै अघि बढेको आरोप लगाए ।

यो पनि