काठमाडौं । नेकपाका नेता एवम् गृहमन्त्री रामबहादुर थापाले अब संसद् पुनर्स्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापनातर्फ लाग्नु भएको बताएका छन् । चुनावका लागि तयार हुुनुपर्ने बताउँदै धनकुटामा आयोजित एक कार्यक्रममा आइतबार उनले सो कुरा बताएका हुन् ।
जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने बताउँदै उनले संसद् पुनर्स्थापनाको नारा लिएर हिँड्नेहरु पश्चगामी भएको आरोप लगाए । नेकपा दुई धारमा विभाजित भएसँगै दुवै पक्षले एकअर्काले पश्चगामीको आरोप लगाउँदै आएका छन् ।सोही क्रममा उनले आइतबार दाहाल-नेपाल पक्षीय नेकपालाई सो आरोप लगाएका हुन् ।
रामबहादुर थापा बादल पूर्वमाओवादीको कोटाबाट गृहमन्त्री बनेका हुन् । नेकपा दुई धार भएसँगै उनी प्रचण्ड धारमा देखिने अनुमान गरे पनि उनी सो धार छाडी ओली धारमा उभिएका छन् । तर, यसअघि उनलाई साथ दिने केही नेता भने यतिखेर प्रचण्ड खेमामा छन् ।