जेठ ०५, २०८१, शनिबार
               

निर्वाचनबारे आयोग दलहरुसँग छलफलमा

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

वैशाखमा तोकिएको निर्वाचनको विषयमा राजनीतिका दलका प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरिरहेको छ। राजनीतिक दलका प्रतिनिधिहरुसँग आयोगमा अहिले छलफल भइरहेको छ । 

आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाका अनुसार आयोगले संघ, प्रदेश र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने दललाई निर्वाचनको विषयमा भइरहेको तयारीबारे जानकारी गराउँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । योसंगै वैशाखमा निर्वाचनको घोषणा गरेका थिए । वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति तय गरिएको छ । 

केही दिनअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल अध्यक्ष रहेको नेकपाले संसद् विघटनको मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचनको काम रोक्न आयोगलाई आग्रह गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि