मंसिर ०७, २०८१, शुक्रबार
               

नेकपा (प्रचण्ड–माधव)पक्षीय राष्ट्रिय युवा संघको कार्यक्रम कालो मास्क वितरण

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षको राष्ट्रिय युवा संघको कार्यक्रममा कालो मास्क वितरण गरिएको छ ।

अध्यक्ष दाहालसहित शीर्षस्थ नेताले संबोधन गर्ने सो कार्यक्रममा नेकपा केपी ओली समूहले  कार्यक्रममा प्रतिबन्ध लगाएको कालो मास्क वितरण गरिएको हो । 

प्रचण्ड नेपाल पक्षको युवा संगठनको दास्रो पूर्ण बैठकको कार्यक्रम हलमा प्रवेश गर्दा कालो मास्क वितरण गरिएको छ। सो संगठनको बैठक काठमाडौं नयाँबानेश्वरस्थित बुद्धनगरमा बस्दै छ । औपचारिक रुपमा विगठित भई नसके पनि नेकपा दुई धारमा विभाजन नै भइसकेको छ । यसै क्रममा युवासंघ पनि दुई धारमा विभाजित छ । 

शनिबार मात्रै बसेको सो पक्षीय पेशागत संगठनको सामूहिक बैठकले माघ ९ मा काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेका छन् । दुवै पक्षका अध्यक्ष नै एकअर्काको आलोचना गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि