जेठ ०६, २०८१, आइतबार
               

अनेरास्ववियूको भेलामा प्रचण्ड-नेपालको सम्बोधन

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको अनेरास्ववियूको बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला आज हुँदैछ ।

काठमाडौंको प्रज्ञा भवनमा १२ बजे हुने भेलामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई पछिल्लो राजनीतिक परिस्थितिबारे प्रशिक्षित गर्न अगुवा भेलाको आयोजना गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलनमा रहेका नेकपा (प्रचण्ड-माधव) समूहले देशव्यापी रुपमा कार्यक्रम आयोजना गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि