जेठ ०१, २०८१, मंगलबार
               

परराष्ट्रमन्त्रीसँग मोदीले नभेट्नु सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय : प्रकाशचन्द्र लोहनी

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुलाई सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै लोहनीले नेपालजस्तो मित्र देशको परराष्ट्रमन्त्रीलाई औपचारिक भ्रमणमा बोलाएर भारतीय प्रधानमन्त्री मोदीले भेटसम्म नदिनु सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय घटना भएको टिप्पणी गरेका छन् ।

उनले यस्तो किन भयो भन्ने विषयमा दुवै देशले सोच्नु पर्ने समेत उल्लेख गरेका छन् ।

‘नेपालजस्तो मित्र देशको पररास्ट्र मन्त्रीलाई औपचारिक निमन्त्रणमा बोलाएपछि भारतको प्रधानमन्त्रीले भेटसम्म नदिनु सामान्य शिष्टाचारको हिसाबले पनि अशोभनीय घटना हो’, ट्विटरमा अध्यक्ष लोहनीले लेखेका छन्, ‘यस्तो किन भयो ? नेपाल र भारत दुवै ले सोच्नुपर्यो ।’

यो पनि