पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सीमाविवाद बारे कुरा गर्न भारत गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रित्तो कुटुरो बोकेर स्वदेश फर्किएको बताएका छन् ।
सीमा विवादकाे विषयमा छलफल हुने भन्दै प्रचार गरिए पनि यस विषयमा नेपालले प्रस्ताव राखेकाे बाहेक कुनै छलफल नभएपछि पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो ट्वीट गरेका हुन् ।
उनले ट्वीटमार्फत देशकाे जटिल भूराजनीतिक स्थिति नबुझी कहिले उफ्रिने र कहिले लम्पसार पर्नेको हालत यस्तै हुने बताएका हुन् ।
विदेशमन्त्री ज्ञवाली कुवेलाको भारतभ्रमणपछि ‘कुराकानी भएको’ ‘छळफल भएको’ ‘विचारको आदानप्रदान भएको’ ‘गतिदिने सहमति भएको’ ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ!देशको जटील भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ!
— Baburam Bhattarai (@brb1954) January 16, 2021