जेठ ०७, २०८१, सोमबार
               

केटो भनी पाउदा मलाई दु:ख छैन, तपाईंको स्तर थाहा पाएँ : योगेश भट्टराई

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले केटो भनेर व्यंग्य गरेपछि पूर्वपर्यटनमन्त्री तथा नेकपा नेता योगेश भट्टराईले जवाफ फर्काएका छन् ।

शनिबार प्रदेश १ का नेता तथा कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योगेश व्यंग्य गर्दै भनेकाे थिए, 'अनि जितेर आएपछि मन्त्री पनि बनाएँ।  एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।' 

ओली क्याबिनेटमा पर्यटन मन्त्री रहेका भट्टराईसहित ७ जनाले गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीले आफूलाई केटो भनेपछि भट्टराईले शनिबार राति ट्वीटमार्फत् जवाफ फर्काएका हुन् । 

उनले ट्वीटमा भनेका छन्, 'केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनी पाउँदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ, खुसी लाग्यो ।’

 


कस्तो लाग्यो ?

यो पनि