चैत १६, २०८०, शुक्रबार
               

प्ररराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर प्ररराष्ट्रमन्त्री स्वदेश फिर्ता भएका छन् । बिहीबार सो कार्यक्रममा सहभागिताका लागि नयाँदिल्ली प्रस्थान गरेका उनी तीनदिने औपचारिक भ्रमण पूरा गरी शनिबार अपरान्ह स्वदेश फर्किएका हुन् । 

शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भएको थियो । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नका लागि प्रयास गरे पनि उनी प्रधानमन्त्रीसँग भेट नगरी स्वदेश फिर्ता भए  । 

भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीको भारतीय रक्षामन्त्री राजनाथ सिंह र समकक्षी जयशंकरबीच भेट भएको छ । स्वदेश फिर्ता हुनुअघि नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग अन्तर्क्रिया भयो । सो क्रममा नेपालले सुगौली सन्धिलगायत ऐतिहासिक प्रमाणका आधारमा नयाँ नक्सा प्रकाशित गरेको उनले बताए । 

स्वदेश फिर्ता भएसँगै उनले कोभिड १९ को भ्याक्सिनबारे छलफल भएको जानकारी दिँदै कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताए ।

यसका अलवा उनले नेपालको निर्यात बढाउने ठोस उपाय अवलम्बन गर्न भारत सरकारलाई अनुरोध गरेको बताए । कृषिमा थप सहकार्य गर्ने तथा जी टु जी प्रक्रियामा मल खरिद गर्ने एमओयूलाई गति दिने सहमतिलगायत अन्य विभिन्न निर्णय भएको पनि उनले जानकारी दिए । भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाएको उनको भनाइ छ । 

तर, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले परराष्ट्र मन्त्रीको भ्रमणलाई लिएर कोही पनि उत्साहित हुन नहुने बताएका छन् । उनले शनिबार मन्त्री स्वदेश फिर्ता भएसँगै सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि