जेठ ०७, २०८१, सोमबार
               

चुनाव चिन्ह सूर्यबारे कुनै छलफल हुँदैन : अध्यक्ष ओली

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह आफू पक्षीय नेकपाको भएको बताएका छन् । 

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै ओलीपक्षीय नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सो कुरा बताएका हुन् ।

संबोधनका क्रममा ओलीले चुनाव चिन्हको विषयमा कुनै छलफल नै नहुने बताए । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘मेरो समन्वयमा महासचिवले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनुभएको थियो । तर, हाम्रा केही केन्द्रीय सदस्य बैठकमा सहभागी हुनु भएन । पछि बुझे उहाँहरु त सूर्य चिन्ह हाम्रो भन्दै निर्वाचन आयोग पो जानुभएछ ।’

संबोधनका क्रममा उनले एकपटक पनि सूर्य चिन्हमा चुनाव नलड्ने व्यक्तिले चुनाव चिन्ह दाबी गर्नु हास्यास्पद भएको बताउँदै चुनाव चिन्ह चाहिने नै भए एकपटक पार्टीको बैठकमा आउन आग्रह गरे । निर्वाचन आयोग गएर चुनाव चिन्ह नपाइने उनले बताए । 

नेकपाा दुई धारमा विभाजित  भएसँगै सूर्य चुनाव चिन्ह कसले पाउने भन्ने विषय बहसमा छ । दाहाल-नेपाल पक्षले पनि सूर्य चिन्ह आफूले पाउनुपर्ने बताउँदै आएका छन् । सोही क्रममा केही दिनअघि मात्रै एक कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष दाहालले सूर्य चिन्ह आफूले नपाए आँधीहुरी आउने  बताएका थिए ।

सोप्रति  लक्षित गर्दै ओलीपक्षीय नेकपाका  अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कहिल्यै सूर्य चिन्हमा चुनाव नलडेकालाई चुनाव चाहियो भनी कटाक्ष गरेका छन् । 

यो पनि