जेठ ०७, २०८१, सोमबार
               

मधेसमा ओलीको जयजयकार छ, प्रचण्ड अन्तर्घाती हुन् : मन्त्री साह

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सहरी विकासमन्त्री प्रभु साहले तराई, मधेसमा प्रधानमन्त्री केपी शर्मा ओलीको जय जयकार भएको बताएका छन् । 

आफ्नो बोलीमा अडिग रहेकाले ओलीको जय जयकार भएको उनले बताए ।

शनिबार काठमाडौंमा रहेका प्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै मन्त्री साहले प्रधानमन्त्री ओली मधेस विरोधी भएको भन्ने कुरामा सत्यता नभएको बताए । प्रचण्डले आफ्नो बोली फेरिरहेको र जनतालाई धोका दिएको साहले आरोप लगाए । 

तर ओली विगतदेखि वर्तमानसम्म आफ्नो बोलीमा अडिग रहेकाले ओलीलाई आफूहरुले साथ दिएको समेत उल्लेख गरे ।

‘ओली ३० वर्ष अगाडि, १० वर्ष अगाडि जे बोल्नुभएको छ अहिले पनि त्यही बोल्दै आउनुभएको छ । सत्यको पछाडि लाग्छ मधेसी जनता’, उनले भने ।

उनले मधेसको विकासमा प्रधानमन्त्रीको उल्लेख्य योगदान रहेको बताए । उनले मधेसी जनताले विश्वासका साथ ओलीलाई साथ दिएको बताए ।

पार्टी (नेकपा) र सरकारको वैधानिक नेतृत्व ओली नै भएको उनले दाबी गरे । ओलीलाई जालझेल र झुटको सहायतामा प्रचण्ड(माधव पक्षले निकाल्ने तयारी गरेकोले ओलीले स्थायित्व र देशको रक्षाका लागि संसद विघटन गरेको साहले बताए ।

प्रचण्डले माओवादी आन्दोलन, जनयुद्धका कमाण्डर र घाइते तथा अयोग्य बनेका लडाकुहरुमाथि पदको राजनीति गरेकाले आफूहरुले साथ छाडेको साहको भनाइ छ । 

प्रचण्ड आफूअनुकुल बोली फेरिरहने पात्र भएको उनले आरोप लगाए । 


कस्तो लाग्यो ?

यो पनि