बैशाख ३१, २०८१, सोमबार
               

जसपाले आज ६ जिल्लामा विरोध प्रदर्शन गर्दै

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीले शनिबार ६ जिल्लामा विरोध प्रदर्शन गर्दै छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध  (जसपा)ले शनिबार ६ जिल्लामा एक साथ विरोधका कार्यक्रम गर्न लागेको  हो । सुनसरी, सर्लाही, सिरहा, बारा, कपिलवस्तु र रौतहटमा कार्यक्रम गर्ने तयारी भएको नेता केशव झाले जानकारी दिए । 

सबै जिल्लामा एकसाथ कार्यक्रम सुरु हुन लागेको उनले बताए। सुनसरीको धरानमा हुने कार्यक्रमलाई पार्टीका वरिष्ठ नेता अशोक राई, सर्लाहीको मलगंवामा वरिष्ठ नेता राजेन्द्र महतो, सिरहामा रेणु कुमारी यादव, बाराको कलैयामा जितेन्द्र सोनल, कपिलवस्तुको तौलिहवाका लागि मृगेन्द्रसिंह यादव र रौतहटका लागि नेता अनिल झा, हिसिला यमीलगायतले सम्वोधन गर्ने कार्यक्रम तय भएको उनले जनाए । 

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले चरणबद्ध रुपमा बिरोधका कार्यक्रम गर्दै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधि सभालाई भंग गरेका थिए । संसद भंग गरेपछि सत्तापक्षकै असन्तुष्ट पक्ष, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चरणबद्ध आन्दोलन गरिरहेको छ ।

अहिले संसद विघटन विरुद्धको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । 


कस्तो लाग्यो ?

यो पनि