बैशाख ३१, २०८१, सोमबार
               

नेकपाको कुन समूहमा छन् दीपक मनाङे ?

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

पोखरा । प्रतिनिधिसभा विघटनभएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड-माधव नेपाल समूहमा नेकपा विभाजित भएको हो । पार्टी विभाजन भएसँगै नेता तथा सांसदहरुलाई दुबै समूहले आ-आफ्नो समूहमा ल्याउने प्रयास गरिरहेका छन् ।

गत पुष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी हुन् । 

नेकपाको दुबै समूहभन्दा अलग्गै बसेका छन्, नेकपा उपाध्यक्ष वामदेव गौतम । गौतमले पार्टी एकता तोड्न नहुने भन्दै पार्टीलाई एक गर्ने अभियानमा सक्रिय रहेका छन् ।

यसैबीच, ओली पक्षमा गनिएका सांसद राजीव गुरुङ (दीपक मनाङे) पनि वामदेव गौतमको एकता अभियानमा रहेको बताएका छन् । 

स्वतन्त्र रुपमा (सांसद) निर्वाचित भई नेकपा प्रवेश गरेका राजीव गुरुङले आफू पार्टी एकताको पक्षमा रहेको दाबी गरेका छन् । 

आफूलाई पार्टी एकताको राष्ट्रिय अभियानमा लाग्न (नेता गौतमले) आग्रह गरेपछि आफू पनि सोही अभियानमा लागेको उनले बताए ।  पार्टी विभाजनले कसैलाई फाइदा नगर्ने उनको तर्क छ ।

दीपक मनाङे नामले चर्चित गुरुङले तत्कालीन एमालेको समर्थनमा मनाङबाट प्रत्यक्ष चुनाव जितेका हुन् ।

गण्डकी प्रदेश सभामा ६० सदस्य छन् । अहिले नेकपा विभाजन भएपछि ओली समूहमा २७ र प्रचण्ड–माधव समूहमा १३ सांसद छन् ।

यो पनि