बैशाख ३०, २०८१, आइतबार
               

सीमा विवादमा भारत पन्छियो, तर, परराष्ट्रमन्त्री भन्छन्–‘कुराकानी भयो’

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आज स्वदेश फर्किँदै छन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत गएका उनी दिउँसो ४ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ।

बिहीबार भारतमा मन्त्री ज्ञवालीले आयोगको बैठकमा सहभागी हुनुका साथै विभिन्न उच्चस्तरिय भेटघाट गरी फर्कन लागेका हुन् ।

नेपालले सीमा विवाद तत्काल समाधानका लागि प्रस्ताव गरे पनि आयोगको बैठकमा भारतले त्यसका लागि छुट्टै संयन्त्र बनाउनुपर्ने भन्दै पन्छाएको छ ।

तर, मन्त्री ज्ञवालीले भने बैठकमा सीमा विवादबारे कुराकानी भएको र दुवै पक्ष वार्ता प्रक्रिया सुरु गर्न इच्छुक रहेको बताएका छन् । तर, नेपाल भारत–संयुक्त आयोगको बैठकपछि भारतले जारी गरेको विज्ञप्तिमा सीमा विवादको विषयमा छलफल भएको उल्लेख गरिएको छैन ।


कस्तो लाग्यो ?

यो पनि