जेठ ०१, २०८१, मंगलबार
               

ओलीलाई स्पष्टीकरण र पौडेललाई कारबाही गर्ने दाहाल-नेपाल पक्षीय स्थायी कमिटीको निर्णय

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले माघ १६ मा काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको नेता भीम रावलले बताए । त्यस्तै आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने निर्णय पनि सो बैठकले गरेको छ । 

शुक्रबार बसेको सो धारको बैठकले फरक धारकका अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने र फरक धारकै महासचिव विष्णु पौडेललाई कारबाही गर्ने निर्णय गरेको छ ।  

ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्यविपरीत गतिविधि गरेकाले स्पष्टीकरण सोध्न लागिएको र महासचिव पौडेलले पार्टी निर्णयविपरीत कामकारबाही गरेकाले कारबाही गर्न लागिएको नेता भीम रावलले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि