बैशाख ३०, २०८१, आइतबार
               

‘नागरिक एप’ सुरु, सुझाव अनुसार सुधार गरिने प्रधानमन्त्रीको भनाइ

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

सरकारी सेवाहरू भरपर्दो, सुरक्षित, व्यवस्थित गर्नसरकारले नागरिक एप सार्वजनिक गरेको छ । नागरिक एपको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको हो । 

मन्त्रालयमा आयोजित कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुभारम्भ गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोमार्फत सम्बोधन गरेका छन् । सम्बोधन गर्दै उनले नागरिक एप जनचाहना अनुसार सुधार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् । नागरिक एपमार्फत सरकारले प्रवाह गर्ने सेवा र पहुँच सहज हुने सरकारको विश्वास छ ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘सरकारी निकायहरूले प्रयोगमा ल्याएका एप्सहरुलाई एकीकृत तथा अन्तरआवद्ध गरी सरकारी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री तथा सरकारी कामकारबाहीको अनुगमन, गुनासो सुनुवाइ तथा सम्बोधन हुने व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख छ । सरकारी सेवा सम्बन्धी गुनासाहरूलाई र सरकारी सेवा मोबाइलबाटै लिन सकिन्छ ।

सूचना र सञ्चार प्रविधि क्षेत्रमा भइरहेको तीव्र प्रविधिको उपयोग गरी ज्ञान तथा सूचनामा आधारित समाज तर्फ रूपान्तर गर्न नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको परिकल्पना गरे बमोजिम नागरिक मैत्री सेवा प्रवाह गर्न यो एप तयार पारिएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि