जेठ ०४, २०८१, शुक्रबार
               

ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । 

पुस ५ मा संसद विघटनपश्चात् विकसित राजनीतिक घटनाक्रमअनुसार नेकपा स्पष्ट रुपमा दुई धारमा विभाजित भएको अवस्थामा बिहीबार नेपालले सो कुरा बताएका  हुन् । 

यसका अलवा उनले गुटगत गतिविधि गरेको र अनुशासन उल्लंघन गरेको अध्यक्ष नेपालले ओलीमाथि  आरोप लगाए । 

दुवै पक्षल एकअर्काविरुद्ध जनप्रदर्शन तथा आधिकारिकताबारे  बहस चलिरहेका बेला नेता नेपालको सो भनाइ आएको हो । 

प्रधानमन्त्री केपी  शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ मा मध्यावधि घोषणा गरेका छन् । जुन संवैधानिक कि असंवैधानिक भनी अदालतले हेर्दै छ । 

यसका अलवा प्रचण्ड–ओली समूहले बहुमत सदस्यको बैठक राखेर ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाउने यसअघि नै निर्णय गरेका छन् । 

ओली समूहले यो नेकपाको आधिकारिक आफूहरु नै भएको दाबी गरेको छ । र, नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।


कस्तो लाग्यो ?

यो पनि