बैशाख २४, २०८१, सोमबार
               

नेविसंघले कालो मास्क लगाएर गर्‍यो प्रदर्शन

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौ । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा सो संघले बिहीबार माइतीघरमण्डलमा कालो मास्क र पोशाक लगाएर प्रदर्शन गरेको हो । 

प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएको सो संघका नेता तथा कार्यकर्ता बुधबार पक्राउ परेको भोलिपल्ट खोक्रो 'राष्ट्रवाद बन्द गर्', 'केपी ओली मुर्दावाद', 'विद्यार्थीको एउटै स्वर सरकारभित्र चोरै चोर' जस्ता नारा लेखेका प्लेकार्ड बोकी उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।

जनताका मुद्दा र आमजनचासोका विषयमा मौन रहँदै आएको सो संघ पुस ५ मा संसद विघटन भएसँगै सक्रिय भएको छ ।  नेविसंघ नेपाली कांग्रेसको नर्सरीको रुपमा लिइन्छ ।

विगतमा सरकारका विकृतिविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएको सो संस्था पछिल्लो समय निष्क्रियजस्तै थियो । तर, पुस ५ मा संसद विघटन भएसँगै सडकमा देखिन थालेको छ ।


कस्तो लाग्यो ?

यो पनि