मंसिर ०१, २०८१, शनिबार
               

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणका लागि गएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहीबार मध्यान्ह उनी भारत प्रस्थान गरेका हुन् ।

भारतको राजधानी नयाँदिल्लीमा भोलिसम्म हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत गएका हुन् ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुँदैछन् ।

भारतको तर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्दैछन् ।

बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको छ ।

यो पनि