जेठ ०६, २०८१, आइतबार
               

प्रचण्ड-माधव समूहको स्थायी समिति बैठक बस्दै

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज (बिहीबार) दिउँसो बस्दै छ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।

बैठकको एजेन्डाबारे भने केही जानकारी नगराइएको उनले बताए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ ।

पार्टीले घोषणा गरेको दोस्रो चरणका संघर्षका कार्यक्रमहरु जारी रहेकै बेला स्थायी समितिको बैठक बस्न लागेको हो ।

बैठकमा आन्दोलनका कार्यक्रमहरुका साथमा देशभर भइरहेका कार्यकर्ता भेला, प्रशिक्षण तथा सभा समारोह लगायतका कार्यक्रमको समीक्षा गर्नुका साथै कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि