जेठ ०७, २०८१, सोमबार
               

पार्टीभित्रै तानाशाह जन्मिँदा कम्युनिस्ट आन्दोलनले धक्का खायो : अष्टलक्ष्मी शाक्य

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्त पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले सडकमा फेरि पनि धक्का दिनुपर्ने परिस्थिति सिर्जना भएको बताएकी छिन् । 

प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा बुधबार उनले सो कुरा बताएकी हुन् । भेलालाई संबोधन गर्दै  काठमाडौंबासी लोकतन्त्र र गणतन्त्रप्रेमी भएको बताउँदै सेलाएर नबस्न नहुने बताइन् । 

उनले भनिन्, ‘तानाशाही र राजतन्त्र मन पराउनु हुँदैन । प्रतिगमन नसचिएसम्म अब काठमडौंबासी सेलाएर बस्नुहुने छैन ।कम्युनिस्ट पार्टीबाटै तानाहाशी नेतृत्व जन्मिदा कम्युस्टि आन्दोलनले धक्का खाएको उनको भनाइ छ ।पार्टीिभत्रै तानाशाह जन्मिँदा कम्युनिस्ट आन्दोलनले धक्का खाएको उनले बताइन् । 

उनको सो भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति लक्षित थियो । उनले भनिन्, ‘१४ वर्ष जेल बसेका केपी ओली कम्युनिस्त विरोधी, आचरण विरोध, सिद्धान्त विरोध हुनुहुन्छ । कम्युनिस्ट आन्दोलनबाट गद्दार नेता जन्मिदो रहेछ ।'


कस्तो लाग्यो ?

यो पनि