जेठ ०४, २०८१, शुक्रबार
               

मोदी उमेरले मभन्दा जेठो भए पनि प्रधानमन्त्रीका रुपमा हामी समान हौँ : प्रधानमन्त्री

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भए पनि सार्वभौकिता बराबरी भएकाे बताए । 

सोमबार आफ्नै कार्यकक्षमा भारतीय टेलिभिजन जीन्युजलाई अन्तर्वार्ता दिने क्रममा उनले सो कुरा बताएका हुन् ।दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभई समान हैसियत हुने उनले बताए ।

जी न्युजलाई अन्तर्वार्ता दिने क्रममा उनले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भए पनि प्रधानमन्त्रीको हैसियतमा दुवैको हैसियत बराबर भएकाे बताए । 

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको भनी स्पष्ट सन्देश दिँदै सीमा समस्या बार्ताबाट समाधान गर्नुपर्ने उनले बताए । 

यसका अलवा उनले वैशाखको निर्वाचनपश्चात आफू पुन: सत्तामा आउने बताए । केही दिनअघि मात्रै प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेका छन् । सो क्रममा उनले भारत र चीनबीच विवादित क्षेत्र गलवानका बारेमा आफूले टिप्पणी नगर्ने बताए ।
दुई छिमेकी मुलुक बीचको विवादमा नेपाललाई कसैको पक्ष वा विपक्षमा लाग्न जरुरी नरहेको उनको भनाइ छ । दुवै देशसँग नेपालले सन्तुलित सम्बन्ध चाहेको उनको भनाइ छ ।

यो पनि