बैशाख १६, २०८१, आइतबार
               

केपी शर्मा ओली असक्षम साबित भए :यादव

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

वीरगञ्ज । जनता समाजवादी पार्टीका कार्यकारणी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन र आफ्नो पार्टी व्यवस्थित गर्न असक्षम भएकाे भनी टिप्पणी गरेका छन् । 

असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेजको माग गर्दै जसपाले सोमबार वीरगन्जमा आयोजना गरेको जनप्रदर्शन एवम् विरोध कार्यक्रममा नेता यादवले साे टिप्पणी गरेका हुन् । 

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, मौलिक अधिकार लगायतलाई समाप्त गर्ने षडयन्त्रअन्तर्गत प्रतिनिधिसभा विघटन गरिएकाे नेता यादवको भनाइ  छ  । 

ओली यही नरोकिने बताउँदै उनले ओलीको अर्को टार्गेट प्रदेशसभा विघटन, देशमा संकटकाल लगाउने र संविधानलाई बर्खास्त गरी मुलुकलाई तानाशाही व्यवस्थातर्फ धकेल्ने उनले बताए । यसका अलवा उनले ओलीले अनुहार छोप्न कम्युनिष्टको मुखौटा लगाएको आरोप लगाए । 


कस्तो लाग्यो ?

यो पनि