बैशाख १४, २०८१, शुक्रबार
               

पृथ्वीनारायण शाह नै नेपाल निर्माणका जग : राप्रपा अध्यक्ष लोहनी

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

नुवाकोट ।    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाह नै नेपाल निर्माणका जग भएको बताए ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकाेटकाे  आयोजनामा सम्पन्न २९९ औं पृथ्वी जयन्तीकाे अवशरमा यस्तो बताएका हुन् । 

२९९ औं पृथ्वी जयन्तीकाे अवशरमा नुवाकोट पुगेका राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी राष्ट्र निर्माता पृथ्वीनारायण शाहा राष्ट्रिय एकताका प्रवर्द्धक रहेकाे बताउका छन्  । उनले पछिल्लो समय बढ्दो भ्रष्टचारलाई इगिंत गर्दै 'घूस लिन्या र दिन्या दुवै नेपाली जनताका शत्रु हुन्' भन्ने उपदेश अहिले र सधैं मननयोग्य रहेकाे बताए । 

तर, दुर्भाग्यबस पृथ्वीनारायण शाहकाे नीति र अभिव्यक्तिकाे उपेक्षासँगै देशमा बढेकाे भ्रष्टचारले देश कमजोर बनाउनुको साथै पछिल्लो समय देशको अखण्डता र स्वतन्त्रतासँग खेलवाड भइरहेकाे बताए । 

साथै अध्यक्ष लोहनीले प्रधानमन्त्रीकाे गुटगत स्वार्थका कारण अहिले असंवैधानिक कदम लिएकाे बताउदै उक्त कदमकाे घोर भत्सर्ना गर्ने बताए । ‘संविधानमा स्पष्ट भइसकेको कुरामा अब हामीले धेरै बोल्नु पर्दैन । सर्वोच्च अदालतले व्याख्या गर्ने हो । सर्वोच्चको निर्णय पर्खन्छौं ।’
आज सम्पन्न कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्यहरू झनक प्याकुरेल, जनक राज पाठक, दिपक राई, राजु लोहनीलगायतले सम्बोधन गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि