जेठ ०७, २०८१, सोमबार
               

'जहाँ सक्नुहुन्छ त्यहाँ प्रचण्ड–नेपालको धज्जी उडाउनूस्'

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल समूहको धज्जी उडाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । युवा संघको काठमाडौंमा आयोजित भेलालाई शनिबार सम्बोधन निर्देशन दिएका हुन् । 

‘साथीहरू, तपाईँहरू जहाँ सक्नुहुन्छ त्यहीँ उनीहरूको धज्जी उडाउनुस्। यिनीहरुलाई आफ्नो हैसियत देखाउनुपर्छ।’ प्रधानमन्त्रीले सम्बाेधन गर्दै भने । 

साथै कार्यक्रममा बोल्दै उनले जनयुद्धलाई फर्सी कुहिए झैं कुहिएको बताए । उनले प्रचण्ड-नेपालको सडकमै बास हुने दाबी गरे । ‘हामी यहाँ छौँ भनिरहेका छन्,’ उनले भने, ‘त्यही बसिरहनुस् ।’


कस्तो लाग्यो ?

यो पनि