जेठ ०४, २०८१, शुक्रबार
               

नेता गौतमको निर्देशन: नेकपा एकता अभियानको नाममा संगठन खडा गर्नुहोस्

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमाडौं । वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरसँगै सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको, तर कुनै पनि धारमा नदेखिएका गौतमले शनिबार एक विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् । 

विगतमा पार्टीमा भएका कमजोरीलाई देखाउँदै पार्टी विभाजन हुनुको मुख्य कारण शीर्षस्थ नेताको अयोग्यताको द्योतकको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले वेहोर्न पर्ने अवस्था सिर्जना भयो ।’

पछिल्लो एक वर्ष पार्टीभित्र उत्पन्न समस्या समाधान गर्नुको साटो ध्रुवीकरणमा बितेको बताउँदै उनले पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापेमार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्षलाई अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्न नसक्ने भएपछि प्रतिनिधिसभा भंग गर्नुले पार्टीमा दुर्घटना भएको उनको भनाइ छ । 

यसका अलवा उनले पार्टीका नेता तथा कार्यकर्तालाई कतै पनि नलागी नेकपा एकता अभियानको नाममा संगठन खडा गर्न निर्देशन दिँदै विभाजनमा ढल्केकाहरुलाई सम्झाउन भनेका छन् । उनले भनेका छन्, ‘गालीगलौजको शैलीमा विरोध नगर्नुहोस् ।’


कस्तो लाग्यो ?

यो पनि