जेठ ०७, २०८१, सोमबार
               

स्थायित्वका लागि संसद् विघटन गरिएको हो: खानेपानीमन्त्री

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको संकट समाधान गर्ने बताएका छन्। राजधानीमा भएको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मुलुकलाई स्थायित्व दिनका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको उनको भनाइ छ । 

समयमै नयाँ निर्वाचन गर्नु सरकारको आधारबिन्दु भएको बताउँदै संसद् पुनर्स्थापना गर्नु भनेको मुलुकलाई  देश पछाडि धकेल्नु भएको उनले बताए । संसद विघटनको विषयतर्फ इंगित गर्दै हुँदै आएका टिकाटिप्पणीलाई स्वाभाविक भएको बताए । अहिलेको अवस्थामा निर्वाचनमा जानुपर्ने बाध्यात्मक परिस्थिति बनेको उनको भनाइ छ । 

सञ्चारकर्मीले सोधेका एक जिज्ञासामा उनले मन्त्री हुनका लागि समूह परिवर्तन गरेको आरोपको खण्डन गरे। ‘वर्तमान संकटको घडीमा इमान्दार र गतिशील मान्छे मन्त्रिमण्डलमा जानुपर्छ भनी प्रधानमन्त्रीले गरेको प्रस्तावलाई आफूले स्वीकार गरेको हुँ, मेरा निम्ति मन्त्री ठूलो कुरा होइन,’ उनले भने।

यो पनि