बैशाख २४, २०८१, सोमबार
               

पूर्व प्रधानन्यायाधीशहरुको वक्तव्यपछि प्रधानमन्त्रीका सल्लाहकारको यस्तो टिप्पणी

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व प्रधानन्यायाधीशको वक्तव्यले अदालतलाई प्रभावित पार्ने काम गरेको बताएका छन् ।

आज (शनिबार) सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै सल्लाहकार थापाले पूर्व प्रधानन्यायाधीशको वक्तव्यले अदालतलाई प्रभावित पार्ने काम गरेको बताएका हुन् ।

शुक्रबार पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गरी संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको स्पष्ट बताएका थिए ।

थापाले पूर्व प्रधानन्यायाधीशहरूको असंवैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको बताएका छन् । उनले उक्त वक्तव्य अदालतलाई प्रभावित गर्ने र भिडको निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने दुराशयबाट आएको बताएका छन् ।

‘चार जना पूर्व प्रधानन्यायाधीशहरूको असंवैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको छ’, ट्विटरमा थापाले लेखेका छन्, ‘यसले अदालतलाई प्रभावित गर्ने र भिडको निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने उहाँहरूको दुराशय स्पष्ट पारेको छ ।’


कस्तो लाग्यो ?

यो पनि