जेठ ०७, २०८१, सोमबार
               

आज काठमाडौंमा नेकपा ओली समूहका युवा संघले शक्ति प्रदर्शन गर्दै

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी नेकपा तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले काठमाडौंका विभिन्न ठाउँमा र्यालीसहित शक्ति प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री ओली निकट युवा संघ बागमती प्रदेश कमिटीको आयोजनामा राजधानीका विभिन्न चार ठाउँबाट शक्ति प्रदर्शन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार ती सबै र्याली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगेर सभामा परिणत हुने छ । उक्त भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताइएको छ । ताजा जनादेशका लागि सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनको स्वागतमा कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ वाग्मती प्रदेशले जनाएको छ ।

प्राप्त जानकारी अनुसार सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ को र्याली नयाँ बानेश्वरबाट सुरु हुने छ भने ललितपुर निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को र्याली पुल्चोकबाट, मकवानपुर, चितवन, धादिङ, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८, ९ र १० को त्रिपुरेश्वर र रसुवा, नुवकोटा, काठमाडौं क्षेत्र नम्बर ५, ६ र ७ को र्याली लैनचौरबाट सुरु हुने स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधीसभा भंग गरेपछि देशको राजनीतिमा गम्भीर संकट देखिएको छ । प्रतिनिधीसभा भंग गरेको विरुद्ध विभिन्न दलले आन्दोलन गर्दै आएका छन् भने नेकपाकै नेता पुश्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले पनि ओलीसँग टाढिएर छुट्टै प्रचण्ड–माधव समूह बनाएर उनिहरु पनि सडकमा प्रदर्शन गर्दै आएका छन् । 

यो पनि