जेठ ०६, २०८१, आइतबार
               

एक नम्बर भगौडा केपी ओली भएको नेता रावलको भनाइ

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं ।प्रचण्ड–माधव समूहका नेता भीम रावलको एक नम्बर भगौडा प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । 

शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिएको केही घन्टापश्चचात् नेता रावलले राजधानी काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै सो कुरा बताएका हुन् । नेता रावलले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई गोर्भाचोबको बाटोमा हिँडाउन खोज्ने, नेपाली देशभक्त जनताको शिर झुकाउने गरी अँधेरी रातमा समान्तहरुलाई भेट्ने, नेपाल कम्युनिस्ट पार्टीको चनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर कोही हो भने केपी शर्मा ओली हो ।’ 

शयन कक्षनजिकै बालुवाटारको अर्को भवनमा पार्टी स्थायी कमिटीको बैठक राख्दा समेत ओली नआएको उनले बताए । पार्टीले बैठक बोलाएपछि पनि तथ्यहीन आरोपहरुसहित दुईपन्ने पत्र पठाएर ओली अनुपस्थित भएको उनको भनाइ छ ।

संसद विघटनपश्चात् दुई धारमा विभाजन भएको नेकपाका शीर्षस्थ नेता तथा कार्यकर्ता एक अर्कालाई आरोपप्रत्यारोप लगाउँदै प्रदर्शन गर्ने क्रम जारी छ । यही क्रममा धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल पक्षका नेता तथा कार्यकतालाई सो आरोप लगाएका थिए ।

यो पनि