बैशाख २४, २०८१, सोमबार
               

नेविसंघले उल्टो हिँडेर गर्‍यो संसद विघटनको विरोध

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेविसंघले उल्टो हिँडेर संसद विघटनको विरोध गरेको छ । माइतीघरमण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताले उल्टो हिँडी बानेश्वरसम्म पुगी सरकारको सो कदमको विरोध गरेका हुन् । 

उनीहरुले सो क्रममा संसद विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा पनि लगाएका थिए । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायत सहभागी छन् ।

सरकारले संसद विघटन गरी वैशाख १७ र २७ का लागि संघीय चुनावको मिति तय गरेको छ । जसको परिणास्वरुप देशमा नयाँ राजनीतिक घटनाक्रम विकास भएको छ । सत्तारुढ दल नै फरक धारमा विभाजन भई आफैँले बनाएको सरकारको विरुद्धमा उत्रेको छ ।

यसका अलवा सरकारको सो कदमका विरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नागरिक अगुवा पनि आन्दोलनमा उत्रेका छन् । तर, सरकारविरुद्ध परेका रिटसम्बन्धी मुद्दा भने सर्वोच्चमा विचाराधीन छ । 

यो पनि