बैशाख १७, २०८१, सोमबार
               

तीन महिनाभित्र संसद् पुनर्स्थापित हुने नेता भट्टराईको भनाइ

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (प्रचण्ड–माधव) सूमहका नेता योगेश भट्टराईले संसद तीन महिनाभित्र पुनर्स्थापित हुने बताएका छन् ।

पोखरामा आयोजित कास्कीका जनवर्गीय संगठनको कार्यकर्ता भेलामा बोल्दै नेता भट्टराईले सो कुरा बताएका हुन् । ‘संसद ब्यूँतिन पहिलेको जस्तो लामो समय हुँदैन,’ उनले भने, ‘२०१७ सालको संसद विघटनलाई फर्काउन ३० वर्ष लाग्यो ।’

२०६०/६१ सालको संसद फर्काउन तीन वर्ष लाग्यो । अहिले जुन संसद विघटन भएको छ, त्यसलाई फर्काउन ३० वर्ष, तीन वर्ष होइन, बढीमा तीन महिना लाग्छ।’ प्रधानमन्त्रीले आफूलाई मात्रै नभई देशलाई नै प्रतिगमनतर्फ धकेलेको उनको भनाइ छ ।

उनले समय अझै बाँकी रहेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई सुध्रिन आग्रह गरेका थिए । ‘समय बितेको छैन, अहिल्यै फर्किनुस् । दुई/तीन वर्षपछि फर्किँदा समयले तपाईंलाई साथ दिँदैन,’ उनले भने । 

निर्वाचन आयोगले दलसम्बन्धी व्यवस्थाअनुसार आफूहरुलाई चुनाव चिन्ह सूर्य दिनेमा ढुक्का रहेको नेता भट्टराईले बताए ।‘प्रतिक्रियावादी हसाउने, आफ्नालाई रुवाउने यो कस्तो निर्णय हो ?,’ उनले अघि भने, ‘ पार्टीका सबै नेता/कार्यकर्ता दुखी छन्, भावुक छन्, निराश छन् ।’


कस्तो लाग्यो ?

यो पनि