जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेका छन् ।

बिहीबार सरकारले गरेका काम र उपलब्धि समेटिएको सो प्रतिवेदन प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष बुझाइएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

सो अवसारमा प्रधानमन्त्रीसहित गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको पनि सहभागिता थियो । 

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७६/०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका हुन् ।

यो पनि