मंसिर ०७, २०८१, शुक्रबार
               

पछिल्लो राजनीतिक परिवर्तनले व्यवसायलाई असर नपर्ने मन्त्री गुरुङको भनाइ

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क हुन आग्रह गरेका छन् । 

नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको अधिवेशनमा मन्त्री गुरुङले सो कुरा बताएका हुन् । कतिपय व्यवसायीमा कतै सङ्कटकाल लाग्ने हो कि अरु केही भइहाल्छ कि भन्ने आशङ्का भए तत्काल त्यस्तो केही नहुने उनले बताए । देश अब नयाँ जनादेशबाट अघि बढ्ने उनको भनाइ छ । यस्तै, व्यवसायीलाई पनि उनले नयाँ ऊर्जाका साथ अघि बढ्न सुझाव दिएका छन् । 

सङ्घका पूर्वअध्यक्षसमेत रहेका मन्त्री गुरुङले हर्बल व्यवसायले युवा वर्गलाई आफ्नो गाउँ फर्काउन सक्ने उल्लेख गरे ।  उनले व्यवसायीलाई उत्पादन बढाउन र निर्यात प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याए । सञ्चार मन्त्रालयका तर्फबाट मन्त्रालयको कार्यक्षेत्रमा पर्ने कुरामा सहयोग पुर्याउने उनको भनाइ छ । उनले भने, 'मन्त्रालयले डिजिटल नेपाल बनाउन लागेको इकमर्स र इबिजनेसमार्फत अघि बढ्नुहोस् ।'

 


कस्तो लाग्यो ?

यो पनि