मंसिर ०७, २०८१, शुक्रबार
               

उपलब्धि गुम्न नदिन संघर्षमा होमिएको हुँ : भट्टराई

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । जसपा नेत तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको  बताएका छन् ।  

जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा सो कुरा बताएका हुन् । 

‘जेलबाट निस्किएर आएपछि उहाँ अग्रमणको विरोधी हो । उहाँले लुकाउनु भएको छैन । उहाँ इमान्दार तानाशाह हो,’ भट्टराईले भने । तर, अहिले पनि केपी ओलीलाई पार्टीबाट ननिकालिएकोमा उनले प्रश्न गरे, ‘केपी ओली परिवर्तनको विरोधी मान्छे हो । तपाईंहरु (नेकपाका नेताहरु) ले कसरी बोकेर ल्याउनुभयो, अचम्म लाग्छ ।’

यसका अलवा उनले ओली राजनीतिक क्यान्सर भएको आरोप लगाए । केपी ओली राजनीतिक क्यान्सर भएको बताउँदै उनले राजनीतिक क्यान्सरले हामी सबै खाने उनको भनाइ छ । यस्तै, पार्टीभित्र देखिएको क्यान्सरलाई चाँडो फाल्न पनि सुझाव दिए ।

सो क्रममा उनले ओली बाह्य शक्तिको मतियार भएको पनि बताए । ‘नियोजित ढंगले संविधान उल्ट्याएर देशमा अस्थिरता ल्याउने बाह्य शक्तिको केपी ओली मतियार हो’, उनले भने । 

अहिले राष्ट्रियता र संविधान खतरामा परेको भन्दै सबैलाई साथ दिन पनि आग्रह गरे । उनले भने, ‘हामी सबै मिलेर प्रतिगमनको बाटो विरुद्ध लडौँ । अदालतसँग आशा गरौं, भरोसा नगरौं । जनतामा विश्वास गरौं, यो संविधान जनताले बनाएको हो ।’

अदालतले न्यायको नौं सिङ्ग प्रयोग गर्न सक्ने बताउँदै आफू प्राप्त उपलब्धि गुम्न नदिन संसद विघटनको निर्णय विरुद्ध संघर्षमा होमिएको बताए । 

यो पनि