मंसिर ०७, २०८१, शुक्रबार
               

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।

नेकपा विभाजनको विवादबीच प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिएका हुन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी दिएका हुन् । 

नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व  यो प्रदेशमा छ । यसअघि ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि