प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकाे विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेकाे छ ।
प्रचण्ड–माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुस निकालेर सरकारले प्रतिनिधिसभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो । माइतीघर मण्डलाबाट विद्यार्थीहरूले बानेश्वरसम्म दिउसै लाल्टिन बालेर जुलुस प्रर्दशन गरेका थिए ।
विद्यार्थीहरूले ‘दिउसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले ‘संसद विघटनको धारा खै, दिउसै लाल्टिन बाल्यौँ है, ‘हामी अरु जान्दैनौँ, संसद विघटन मान्दैनौं लगायतका नारा समेत लगाएका थिए ।