जेठ ०६, २०८१, आइतबार
               

सर्वोच्चलाई बाबुरामको चेतावनी, ‘अरु बाटो रोज्न नपरोस्’

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सबैको आँखा सर्वोच्च अदालततर्फ सोझिएको भन्दै अदालतलाई संसद पुनःस्थापना गराउन चेतावनी दिएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत अदालतलाई संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा साथ नदिन चेतावनी दिएका हुन् ।

डा. भट्टराईले लेखेका छन्, 'ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभामार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ । अरू बाटो रोज्न नपरोस् ।'

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनगर्दै निर्वाचनको घोषणा गरेकी थिइन् । 

सरकारको उक्त कदमको नेकपाकै प्रचण्ड–माधव समूहलगायत अन्य दलहरुले विरोध गर्दै आइरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि