जेठ ०४, २०८१, शुक्रबार
               

संसद् विघटनको विशेषाधिकार प्रधानमन्त्रीमा छैन : कांग्रेस नेता पौडेल

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको विशेषाधिकार प्रधानमन्त्रीमा नभएको विषयमा आफू अदालतमा गएर बहस गर्न आफू तयार रहेको बताएका छन् ।

राजधानीमा जनता समाजवादी पार्टीद्वारा आयोजित अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् । कसैको महत्वाकांक्षामा ठेस लाग्यो भने  प्रतिनिधिसभामाथि रिस पोख्ने तथा प्रतिनिधिसभालाई खेलौना बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो । यसका अलवा उनले संसदीय प्रणालीलाई सुधार गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको उनले स्मरण गरे । 

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्र्थापना गर्नेमा आफू विश्वास्त रहेको बताए । ‘कुनै कानुनी तथा संवैधानिक आधारविना नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरियो,’ उनले भने, ‘सर्वोच्च अदालतले संविधानको भावनाअनुसार नै व्याख्या गरेर प्रतिनिधिसभालाई पुनस्र्थापना म विश्वस्त छु ।’


कस्तो लाग्यो ?

यो पनि