जेठ ०४, २०८१, शुक्रबार
               

विज्ञापन बोर्डलाई मन्त्री गुरुङको निर्देशन: प्रभावकारी काम गर्नुस्

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका छन् । प्रवक्ता तथा मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अरबौंको बजेट सदूूपयोग हुने गरी प्रभावकारी ढंगले काम गर्न बोर्डलाई निर्देशन दिएका हुन् । 

सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै उनले बोर्डलाई सो निर्देशन दिएका हुन् । यसका अलवा उनले कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिला गर्न नहुने उनको सुझाव थियो । 

‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारवालाहरुसँग थप सुझाव आवश्यकालीन ढिलाई गर्नु हुन्न्’ मन्त्री गुरुङले भने, ‘त्यसैले विज्ञहरुसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔँ ।’

मन्त्री गुरुङले बोर्डको औचित्य पुष्टि हुने गरी काम गर्न गठित कार्यदललाई पौष मसान्तभित्र कार्य योजना बनाएर आफ्नो कामलाई गति दिन पनि आग्रह गरे । बोर्ड बैठकले विज्ञापनसम्बन्धि राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ । राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिए ।


कस्तो लाग्यो ?

यो पनि