बैशाख २७, २०८१, बिहीबार
               

प्रदेश २ मा नेकपा संसदीय दलको नेता परिवर्तन

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदेश २ मा नेकपा संसदीय दलको नेता परिवर्तन भएको छ ।

संघीय संसद विघटनसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई धारमा विभाजनपश्चात् विकसित राजनीतिक घटनाक्रमसँगै सोको प्रभावस्वरुप प्रदेश २मा सो दलको संसदीय दलको नेता परिवर्तन भएका हुन् । 

मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर नेतामा शत्रुधन महतोलाई चयन गरेको छ । प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डललाई अविश्वास प्रस्तावमार्फत संसदीय दलका नेताबाट हटाएका हुन् ।

प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन् ।


कस्तो लाग्यो ?

यो पनि