जेठ ०४, २०८१, शुक्रबार
               

प्रचण्डले गर्लान् त  दिल्लीमा राजनीतिक भेटघाट ?

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारत गएका छन् । उनी अहिले मुम्बईमा छन् । पत्नी सीताको यसअघि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएको भन्दै मुम्बईमा लगिएको हो ।

पत्नी सीताको यसअघि विदेशमा पनि उपचार भएको थियो । थाइल्यान्डको बैंकक र अमेरिका डीसीमा उपचार गराइरहेको थियो । तर यस पटक प्रचण्डले पत्नीलाई उपचारको लागि भारतको मुम्बई लगेका हुन् । नेपालमा संसद् विघटन भएपछि अन्तर्राष्ट्रिय समुदायले यसबारेमा मुख नखोलेको भन्दै आपत्ति जनाएका प्रचण्डले पत्नी सीतालाई भारत लगेपछि धेरैलाई चासो उत्पन्न भएको छ ‘के प्रचण्डले राजनीतिक भेटवार्ता गर्नेछ ?’

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि प्रचण्ड र उनी समूहका अध्यक्ष माधव नेपाल सडक सङ्घर्षमा छन् । व्यवहारिक रूपमा पार्टी विभाजन भइसकेको नेकपाभित्र अहिले कानूनी लडाई चलिरहेको छ । प्रचण्ड समूहका नेताले भारतको इसारामा ओलीले संसद् विघटन गरेको आरोप लगाउँदै आएका छन् । 

सडक आन्दोलनकै क्रममा तथा एक टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा प्रचण्डले नेपालको पछिल्लो विषयमा भारतले धारणा राख्नुपर्ने विवादित अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए ‘भारत त म भन्दिनँ, आफूलाई लोकतन्त्रको हिमायती भन्ने युरोपेली र अमेरिकी देशहरू समेत प्रतिनिधिसभा विघटनको विरोधमा नबोलेको देख्दा मलाई अचम्म लागेको छ ।’

गणतन्त्र, संविधानलगायतका विषयमा मुख खोलेको भारतले पनि संसद् विघटनको सन्दर्भमा पनि आफ्नो धारणा राख्नुपर्ने’ प्रचण्डको भनाइको आशय थियो । यो भनाइलाई मुलुकको आन्तरिक विषयमा बाह्य हस्तक्षेप निम्त्याउन आग्रह गरेको भन्दै उनको आलोचना भयो ।

यसरी संसद् विघटनविरुद्ध आन्दोलन गरिरहेका प्रचण्डले भारतको साथ खोजिरहेको अवस्थामा पत्नी सीताको उपचार उतै राख्नुले पनि उनले राजनीति भेटवार्ताको सिलसिला समेत मिलाएका हुनसक्ने आशंकाई बल मिलेको छ । तर यस विषयमा भने उनको सचिवालयले प्रस्ट पारेको छैन ।

भारत जानुअघि प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने राजनीतिक भेटघाट हुने नहुनेबारे अहिले केही भन्न नसकिने बताएका थिए । उनको भनेका थिए ‘पहिलो प्राथमिकता उपचारकै लागि हो । अब पछि के हुन्छ अहिले केही भन्न सकिन्न ।’ 

प्रचण्ड सचिवालयका अनुसार चिकित्सकसँग छलफलपछि उनी बुधवार स्वदेश फर्कनेछन् । कूटनीतिक स्रोतका अनुसार दाहाल मुम्बईबाट दिल्ली हुँदै काठमाडौं आउने बताइएको छ ।  दिल्लीमा रहँदा भने राजनीतिक भेटको तारतम्य मिलाएको हुनसक्ने आँकलन गरिएको छ । आफूहरूले गरेको संसद् विघटनविरुद्धको आन्दोलनमा भारतीय पक्षको साथ खोज्ने अपेक्षा गरेका प्रचण्डले को–को सँग कहिले भेटवार्ता गर्दै छन् भन्ने विषयमा भने खुलेको छैन ।

प्रचण्ड निकट केही नेताका अनुसार प्रचण्डले सोमबार मुम्बईमा पत्नीको उपचार प्रक्रिया अघि बढाउनेछन् र म लबार दिउँसो जानेछन् । दिल्लीमा एक रात बिताएर राजनीतिक भेटघाट गर्न सक्ने जनाएको छ ।

यद्यपि प्रचण्ड नेपाल पक्षीय नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष कुनै राजनीतिक भेटघाट भारतमा नहुने दाबी गरेका छन् । उनले भने ‘अध्यक्ष ज्यू मुम्बई जानु भएको हो । उहाँ फर्कँदा दिल्ली भएर फर्किने तालिका छ । राजनीतिक भेटघाटको सम्भावना छैन ।’ प्रचण्ड बुधवार फर्किए पनि पत्नी सीता र छोरीहरू भने उतै रहने जनाइएको छ । 

प्रचण्ड भारत प्रस्थान गरे पनि उनी पक्षीय स्थायी कमिटी बैठक भने पेरिसडाँडास्थित पूर्वमाओवादी कार्यालयमा बसेको छ । बैठकको अध्यक्षता प्रचण्ड पक्षीय नेकपाका अर्का अध्यक्ष  माधव नेपालले गरे । उक्त बैठकले गण्डकी प्रदेशको इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शङ्कर पोखरेललाई हटाएको छ ।


कस्तो लाग्यो ?

यो पनि