बैशाख १६, २०८१, आइतबार
               

बादलको प्रचण्डलाई सुझाव: प्रधानमन्त्री बन्ने भए चुनावमा जानूस्, अध्यक्ष चाहिए महाधिवेशनमा

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेकपा ओली समूहका नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाई प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान सुझाव दिएका छन् ।

चितवन जिल्ला भेलालाई संबोधन गर्दै उनले प्रचण्ड-माधव समूह चुनाव देखेर भागिरहेको आरोप लगाउँदै सो सुझाव दिएका हुन् । ‘मध्यावधि निर्वाचनमा गएर प्रधानमन्त्री हुन सकिन्छ,’ उनले भने, ‘पार्टी अध्यक्ष चाहिएको भए महाधिवेशनबाट कार्यकर्ताको मन जित्नुस् ।’

नेता बादलले पुरानो संसद व्यूँताएर प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने उनको दाबी छ । पार्टीभित्र प्रचण्ड-माधव समूहले विभिन्न जालझेल र षडयन्त्र गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट केपी ओलीलाई हटाउने षडयन्त्र गरेपछि संंसद विघटन गर्नुपरेको भनाइ छ । यसका अलवा उनले नेतृत्वलाई अपदस्थ गर्ने प्रचण्ड-माधव समूहको नीति र विचार सही नभएको पनि बताए ।

यो पनि