जेठ ०६, २०८१, आइतबार
               

नवलपरासीमा नेपाल–भारत सीमा नाका खुलाउन विरोध प्रदर्शन

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल–भारत सीमा नाका खुलाउन भन्दै नवलपरासीमा विरोध प्रदर्शन भएको छ। कोभिड–१९को नाममा सरकारले लम्ब्याउँदै लगेको सीमा बन्दलाई तत्काल खोल्न माग गर्दै सो स्थानमा विरोध प्रदर्शन भएको हो । यसअघि पनि सो क्षेत्रका जनताले नाका खोल्न भन्दै गर्दै विरोध प्रदर्शन गर्दै आएका थिए । 

नाका खुलाउन माग गर्दै जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको हो । सो नाका कोभिड–१९ संक्रमण रोकथामका लागि भन्दै विगत १० महिनादेखि बन्द छ । 

महेशपुर चोकबाट निस्किएको विरोध र्याली महेशपुर मुलनाकामा पुगेर कोणसभामा परिणत भएको थियो। जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव र मुकुरजी गिरीको नेतृत्वमा जिल्लाको पाल्हिनन्दन  गाउँपालिका वडा १ महेशपुर चोकबाट निकालिएको विरोध र्‍याली मा नाका खोल्न र कोरोनाको भ्याक्सिन उप्लब्ध गराउनुपर्ने लगायतका माग राख्दै नारावाजी गरिएको थियो ।
कोणसभामा जसपाका केन्द्रीय सदस्य सतरजित यादव, उर्मिलादेवी पाण्डे, लक्ष्मी गुप्ता, मुन्नालाल गुप्ता, जिल्ला अध्यक्षद्वय धरेन्द्र यादव, मुकुरजी गिरी, पार्टी सचिव एव प्रवक्ता रामज्ञा पाण्डेलगायतले कोभिड–१९ को बहानामा सिमाबन्दीलाई नलम्ब्याइ तत्काल खोल्न माग गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि