जेठ ०२, २०८१, बुधबार
               

पार्टी कार्यालय पेरिसडाँडामा नेकपा स्याथी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । पार्टी कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्याथी कमिटी बैठक बस्दैछ । 

पार्टीको राजनीतिक तथा सांगठनिक विषय र कार्यदल सदस्यबारेमा छलफलका लागि सो बैठक बसाइएको बताइएको छ ।  

तर, अध्यक्ष भने सो बैठकमा सहभागी छैनन् । पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएपछि सो बैठकको  अध्यक्षता माधप नेपालले अध्यक्षता गरेका छन् । 

पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन र एकता एकीकरणका बाँकी काम सम्पन्न गर्ने गरी प्रस्ताव तयार पार्न दाहाल–नेपाल समूहले अध्यक्ष माधव नेपालको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन गरेको छ। 

आइतबार जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको हो। यस्तै हिजोको बैठकले नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्ने निर्णय गरेको छ।

आइतबारको बैठकको अध्यक्षता अध्यक्ष माधव नेपालले गरेका थिए। यसअगाडि पुस ७ र ९ गते स्थायी समिति बैठकको अध्यक्षता दाहालले गरेका थिए। संसद विघटनपछि आन्दोलनमा उत्रिएको यो समूहले प्रधानमन्त्री केपी ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ। घोषित आन्दोलनका कार्यक्रम अन्तरगत सोमबारदेखि पालिकास्तरका वडारुमा पार्टी भेला तथा संर्घषसम्बन्धी प्रशिक्षण दिइनेछ। 


कस्तो लाग्यो ?

यो पनि