जेठ ०४, २०८१, शुक्रबार
               

उपचारका लागि प्रचण्डपत्नी सितालाई लगियो मुम्बई

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बईतर्फ लगिएको छ । सोमबार नेपाल एयरलाइन्सको विमानमार्फत् उनलाई सोतर्फ लगिएको हो ।

नेकपा अध्यक्ष प्रचण्डपत्नी दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने एक रोगबाट पीडित छिन् । जसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) पनि भनी चिनिन्छ । 

बिरामी सितासँगै उनका पती प्रचण्ड, छोरी गंगा दाहाल पनि साथमा गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । सीतालाई यसअघि अमेरिका, सिंगापुर र भारतमा लगेर उपचार गराइएको थियो । पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगिएको हो ।

यो पनि